कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिप र ट्याक्सी जुध्दा ३ को मृत्यु, २ घाइते 

लक्ष्मी साह

बारा — पूर्व–पश्चिम राजमार्गको निजगढ नगरपालिका–९ स्थित भमरा पुल नजिकै शुक्रबार राति जिप र ट्याक्सी जुध्दा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

जिप र ट्याक्सी जुध्दा ३ को मृत्यु, २ घाइते 

दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।


नारायणगढबाट सर्लाहीतर्फ जाँदै गरेको ग२च २३२५ नम्बरको बोलेरो जिप र रौतहटको गुजारा नगरपालिका सिमरी गाउँबाट निजगढतर्फ फर्किदै गरेको बा२ज २११७ नम्बरको ट्याक्सी निजगढको भमरा पुल नजिकै राति १ बजे एकापसमा जुध्दा दुर्घटना भएको हो ।


दुर्घटनामा निजगढ नगपालिका–७ का २५ वर्षीय आकाश माझी र सोही ठाउँ २५ वर्षीय विशाल माझीको घटनास्थलमै मृत्यु भएको निजगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम लामाले बताए ।


ट्याक्सी चालक भक्तपुर घर भएका समुद्र श्रेष्ठको हेटौंडास्थित चुरे हिल अस्पतालमा उपचारको लागि लगिदै गर्दा बाटौमै मृत्यु भएको हो । दुर्घटनामा निजगढ–७ नरेश माझी र अजुर्ण माझी गम्भीर घाइते भएका हुन् । दुवैको भरतपुरस्थित पुरानो मेडिकलमा थप उपचार भइरहेको प्रहरी निरीक्षक लामाले बताए ।


घाइते र मृतक सबै ट्याक्सीमा सवार थिए । चालकसहित पाँच जना थिए । उनीहरु तिहारको अवसरमा आफन्तको घरबाट सिमरीबाट फर्किदै थिए । ट्याक्सी चालकले मदिरा सेवन गरेकाले दुर्घटना भएको स्थानीयको भनाइलाई उद्धृत गर्दै प्रहरी निरीक्षक लामाले बताए । ‘बोलेरो आफ्नै लाइनमा गुडेको देखिन्छ,’ उनले भने, ‘ट्याक्सी अरुको लाइमा जाँदा ठोक्किएर दुर्घटना भएको हो ।’ बोलेरो चालक फरार छन् । चालक र गाडीधनीसित सम्पर्क गर्ने प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लामाले बताए ।

प्रकाशित : कार्तिक २४, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?