दार्चुलामा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प
दार्चुला — दार्चुलालगायत सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबार दिउँसो १२ बजे ५२ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । त्यसको ७ मिनेटपछि पराकम्पन भएको हो ।
भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार दार्चुला सदरमुकाम खलंगाबाट १६ किलोमिटर टाढा भारतको खेला केन्द्र बिन्दु बनाएर भूकम्प गएको जनाएको छ । पराकम्पनको केन्द्रबिन्दु मापन गरिरहेको मापन केन्द्रले जनाए ।
भूकम्पको धक्कासँगै घरभित्र रहेकाहरु हतार–हतारमा बाहिर निस्किरहेका थिए । भूकम्पबाट क्षति भएको बारे अहिलेसम्म कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।
प्रकाशित : कार्तिक २५, २०७५ १३:५४प्रतिक्रिया