कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रिपरिषद् निर्णय गुपचुप

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले मन्त्रिपरिषदका निर्णयबारे तत्काल जानकारी नदिने भएको छ । आइतबार साँझ करिब ४ घण्टासम्म बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू पनि गुपचुप राखिएको छ ।

मन्त्रिपरिषद् निर्णय गुपचुप

विभिन्न निर्णय भएको तर त्यसबारे केही नयाँ प्रबन्धसहित जानकारी गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बैठकपछि सञ्चारकर्मीलाई बताए । ‘लामो समयपछि मन्त्रिपरिषद् बैठक बस्यो, तपाईंहरूले समयक्रममा विस्तृत थाहा पाउनुहुनेछ, हामी केही फरक व्यवस्थाका साथ आउँछौं,’ उनले भने ।


साँझ ६ देखि १० बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो । प्रधानमन्त्री केपी ओली अस्वस्थ भएकाले कात्तिक ११ यता मन्त्रिपरिषद् बैठक बसेको थिएन ।

प्रकाशित : कार्तिक २६, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?