कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कार्यकर्ता रिहाईको माग गर्दै पुत्ला दहन

शिव पुरी

रौतहट — आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै आन्दोलित नेपाल विद्यार्थी संघ रौतहटले सोमबार चन्द्रनिगाहपुर चोकमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् ।

कार्यकर्ता रिहाईको माग गर्दै पुत्ला दहन

त्यस क्रममा प्रहरीले सामान्य बल प्रयोग गरी पुत्ला जलाउन रोकेको थियो । सुरक्षाकर्मीलाई झुक्याएर संघका कार्यकर्ताले पुत्ला जलाएका थिए ।


प्रधानमन्त्री ओलीको तस्बिर समाजिक सञ्जालमा बिगारेर सेयर गरेको आरोपमा पक्राउ परेका नेविसंघ तपेश्वर ईकाई अध्यक्ष कृष्ण ढकालको रिहाईको माग गर्दै संघले चन्द्रनिगाहपुरको मुख्य चोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।


नेविसंघ केन्द्रीय समितिले घोषणा गरेको कार्यक्रम अन्तरगत यहाँ पुत्ला दहन गरेको संघका केन्द्रीय सदस्य नवराज देवकोटाले बताए । उनीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध चर्का नारा लगाएका थिए ।

प्रकाशित : कार्तिक २६, २०७५ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?