१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भाइटिका लगाइदिएर घर फर्किन लागेकी बहिनीलाई दाइले खुकुरी हाने

आनन्द गौतम

ताप्लेजुङ — जिल्लाको फुङलिङ नगरपालिका ३ का विवस मगरले आफैंलाई भाइटिका लगाइदिएकी बहिनी र दुई भाञ्जीमाथी खुकुरी प्राहार गरेका छन् । दाजुलाई टिका लगाउन धनकुटाबाट आएकी बहिनीलाई मंगलबार बिहान घर फर्कन लाग्दा खुकुरी प्रहार गरेका हुन् ।

भाइटिका लगाइदिएर घर फर्किन लागेकी बहिनीलाई दाइले खुकुरी हाने

बहिनी र भञ्जीहरुलाई खुकुरी प्रहार गरे पश्चात उनले आफ्नै पेटमा खुकुरी छिराएका थिए ।


गम्भीर घाइते भएकी बहिनी रेनुका मगर भुजेल, भाञ्जीद्वय ८ वर्षीया कृष्टिना र ६ वर्षीया ओरिना भुजेलको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएको छ । विवसको पनि उपचार भइरहेको छ । रेनुका, कृष्टिना र ओरिनाको अधिकांश चोट टाउकोमा परेको छ ।


गाडी चढ्न हिँड्न लागेका बहिनी र भाञ्जीलाई बिहान ५ बजेको समयमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मण थापा मगरले जानकारी दिए ।


उनीहरुलाई हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौं लगिएको छ । उनीहरुको शिक्षण अस्पतालमा उपचार भइरहेकाे परिवारले‍ जनाएकाे छ ।


खुकुरी प्रहार गर्नुको कारण खुलेको छैन । सबै घाइते भएको र उपचारमा रहेकाले घाइतेहरुको उपचारपछि अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २७, २०७५ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?