कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

संयुक्त राष्ट्र संघकी उप-महासचिव अमिना नेपाल अाउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त राष्ट्र संघकी उप-महासचिव अमिना जे मोहम्मद उच्च तहको छलफल तथा 'शिक्षाका लागि विश्व अभियान' सम्मेलनमा भाग लिन कार्तिक २९ गते नेपाल आउन लागेकी छिन् ।

संयुक्त राष्ट्र संघकी उप-महासचिव अमिना नेपाल अाउँदै

२४ घण्टे नेपाल बसाइँको क्रममा उनले यहाँ आयोजना हुने विभिन्न उच्च तहको छलफलमा सहभागिता जनाउने छिन् । उनको भ्रमणको कार्यतालिकालाई संयुक्त राष्ट्र संघको नेपाल स्थित कार्यालयले गोप्य नै राखेको छ । उनी कार्तिक ३० गते फर्किने छिन् ।


अमिना नाइजेरियाकी पूर्व वातावरण मन्त्रीसमेत हुन् । उनले २०१५ मा विकास योजनाका लागि पूर्व महासचिव बान-की-मुनको विशेष सल्लाहकारको रुपमा समेत काम गरेकी थिइन् ।

प्रकाशित : कार्तिक २७, २०७५ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?