कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री हटाइए

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई मंगलबार मन्त्री पदबाट हटाइएको छ । मुख्यमन्त्री कार्यालय श्रोतले उनलाई हटाइएको पुष्टि गरेको छ । तर हटाइनुको कारणबारे भने प्रष्ट जानकारी दिएको छैन ।  

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री हटाइए

भाइटीकाको दिन मन्त्री चढ्ने गाडी दुर्घटना भएको विषयलाई लिएर मन्त्री सोडारीलाई पदमुक्त गरिएको हुनसक्ने अनुमान गरिएको छ । त्यस दिन से३प २४२० नम्बरको मोटरसाइकलसँग ठोक्किएर मन्त्रीको स्कारपियो जीप पूर्व–पश्चिम राजमार्गस्थित बढैपुरमा दुर्घटना भएको थियो ।


दुर्घटनामा जीप चालक धोजेन्द्र शाह, उनकै भान्जी नाता पर्ने १० वर्षीया आयुश्मा र मोटरसाइकल चालक सुरेन्द्र चन्द घाइते भएका थिए । मन्त्री सोडारीको ठाउँमा प्रदेशसभा सदस्य कृष्णराज सुवेदीलाई नियुक्त गर्ने तयारी भएको स्रोतले जनाएको छ । सुवेदी कैलाली क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।


यसअघि प्रदेश नं. ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौड्यालले जिम्मेवारी पुरा नगरेको तथा आफुलाई दुर्व्यवहार गरेको भन्दै हटाएका थिए ।

प्रकाशित : कार्तिक २७, २०७५ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?