कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अवैध कारखानामा प्रहरीको छापा, ५ पक्राउ 

जनकराज सापकाेटा

काठमाडौँ — प्रहरी परिसर काठमाडौंले चन्द्रागिरि १५ नैकापस्थित एक घरमा सञ्चालित अवैध कारखानामा छापा मारेको छ । 

अवैध कारखानामा प्रहरीको छापा, ५ पक्राउ 

स्थानीय बासुप्रसाद बिडारी र ज्योति बिडारीको घरमा सञ्चालित ज्योति सप एन्ड केमिकल इन्ड्रस्ट्रिजमा मंगलबार प्रहरीले छापा मारेको हो । प्रहरीले बिडारी दम्पती र तीन कामदारलाई नियन्त्रणमा लिएको छ । उक्त कम्पनीले हेयर एन्ड सोल्डर्स स्याम्पो र बीएमसी मिट मसलाको ब्रान्डमा नक्कली उत्पादन गर्दै आएको थियो ।


परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार बिडारी दम्पतीले डेढ वर्षयता ३ वटा ठूला मेसिन राखेर नक्कली स्याम्पो र मसाल उत्पादन गर्दै आएका थिए ।


नक्कली उत्पादन विशेषगरी धादिङ र अन्य जिल्लाका ग्रामीण भेगमा बिक्रीमा पठाउने गरिएको प्रहरीले पत्ता लगाएको छ । उक्त कम्पनीले आफ्नो अवैध उत्पादन लुकाउन बिलविजक र सामान बिक्रीको कुनै रेकर्ड नराखिएको प्रहरीले जनाएको छ ।


परिसरे काठमाडौंले उनीहरुविरुद्ध कालोबजारी ऐन, ट्रेडमार्क चोरीमा मुद्दा चलाउने तयारी गरेको छ ।

प्रकाशित : कार्तिक २७, २०७५ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?