कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

राष्ट्रपति भण्डारीद्वारा छठी माताको मूर्तिमा पूजाआराधना

रासस

काठमाडौँ — छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार साँझ गुह्येश्वरी मन्दिरस्थित गौरीघाट पुगेर वाग्मती नदीको बीच भागमा बनाइएको छठी माताको मूर्तिमा पूजाआराधना गरेकी छन् ।

राष्ट्रपति भण्डारीद्वारा छठी माताको मूर्तिमा पूजाआराधना

उक्त अवसरमा उनलाई श्री छठ पूजा समितिका पदाधिकारीले स्वागत गरेका थिए ।


छठ पर्वको मुख्य दिन मंगलबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो । बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ अन्त्य हुन्छ ।


गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा बेहुली झैँ सिँगारेर छठ घाट बनाइएको छ । लाखौँ भक्तजनले आज बेलुकी यहाँ अस्ताउँदो सूर्यलाई अर्घ्य दिए ।


उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बसेका छन् । रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने समिति सदस्य चन्द्रकान्त यादवले बताए । आइतबार बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।


बुधबार छठ सकिएपछि नदी किनारमा सफाइ अभियान शुरु गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

प्रकाशित : कार्तिक २७, २०७५ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?