सकियो छठ

रमेशकुमार पौडेल

चितवन — उदाउँदो सूर्यलाई अर्घ दिएसँगै बुधबारबाट यो वर्षको छठ पर्व सकिएको छ । मिथिला क्षेत्रमा त्यहाँका बासिन्दाले धुमधाम र आस्था–निष्ठाका साथ मनाउने छठ पर्व अहिले पुरै नेपालमा फैलिएको छ । देशका मुख्य नदी र जलायसहरुमा छठको रौनक देखिन्छ ।

सकियो छठ

चितवनमा पनि नारायणगढमा नारायणी नदी किनारमा छठ मनाउनेहरुको ठुलै जमघट हुने गर्छ ।


चितवनमा तराइ सामुदायिक सेवा समितिल छठ पुजाको व्यवस्थापन गर्दै आएको छ । समितिका संस्थापक सचिव लक्ष्मण साह कानु विस २०४८ सालसम्म छठ पुजा गर्ने १५/२० जना हुने गरेको बताउँछन् । अहिले छठ मनाउन हज्जारौं जुट्ने गर्छन् । मिथिलावासी मात्रै नभएर पहाडी क्षेत्रका वासिन्दाले पनि छठ पुजा गर्न सुरु गरेका छन् । चितवनमा नारायणगढमा मात्रै नभएर अन्यत्र पनि छठपुजा हुन्छ ।


तराइ सामुदायिक सेवा समितिका उपाध्यक्ष राजेशबाबु गुप्ता माडी, पदमपुर, रत्ननगर र खैरहनीमा छठ पुजा हुने बताउँछन् । मंगलबार साँझ पख अस्ताउँदो सुर्यलाई अर्घ दिन जस्तो भिडभाड थियो बुधबार बिहान पनि त्यही तहको उत्साह छठ मनाउनेहरुमा देखिन्थ्यो । उदाउँदो सुर्यलाई अर्घ दिएसँगै छठ पुजा समापन हुन्छ । छठको विशेष प्रसाद गहुँको पिठोको परिकार ठेकुवा हो । जो घरमा खाने र छिमेकीलाई बाँड्ने गरिन्छ ।


प्रकाशित : कार्तिक २८, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?