१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन [फोटोफिचर]

तस्बिर : इलिट जोशी

काठमाडौँ — बुधबार बिहानको उदाउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिइएको थियो ।

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन [फोटोफिचर]
उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन [फोटोफिचर]

उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र नख्खु नदी किनारका अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो । गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारको दायाँबायाँ बेहुलीझैँ सिङ्गारेर छठ घाट बनाइएको थियो । लाखौँ भक्तजनले मङ्गलबार बेलुकी यहाँ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । तिनै भक्तजनले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिन लामो सूर्य उपासना पर्व अन्त्य गरेको छठ पूजा समितिका सदस्य चन्द्रकान्त यादवले जानकारी दिए ।

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन [फोटोफिचर]

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजनले नदी किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरेका थिए । आइतबार बिहान स्नान गरी चोखो नितो गरेर बसेका ब्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । दुई दशक अघिदेखि राजधानीमा शुरु भएको छठमा प्रत्येक वर्ष सहभागी हुने भक्तजनको सङ्ख्या बढिरहेको छ ।

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन [फोटोफिचर]

विसं २०४६ अघि छठ तराई क्षेत्रमा मात्र मनाइन्थ्यो । हाल पहाडी क्षेत्रसहित प्रमुख शहरमा छठको रौनक बढ्न थालेको छ । यस पर्वमा पहाडी क्षेत्रका मानिस पनि उत्तिकै सहभागी हुन थालेका छन् । तराई र पहाडका मानिसका बीच सामाजिक सद्भाव बढाउने पर्वका रुपमा छठ स्थापित हुन थालेको छ ।

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन [फोटोफिचर]

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन [फोटोफिचर]

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन [फोटोफिचर]

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन [फोटोफिचर]

आज बिहान छठ सकिएपछि नदी किनारमा सफाइ अभियान शुरु गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । सफाइमा काठमाडौँ क्षेत्र नं ४ का सांसद गगन थापा, गुह्येश्वरी विनायक युवा क्लबका सदस्य, सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने बताइएको छ । छठ मनाउने क्रममा फोहर जम्मा भएकाले चार दिनसम्म निरन्तर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा सफाइ अभियान चलाइने अध्यक्ष पुडासैनीले बताए । भक्तजनलाई मञ्चले नदीको सौन्दर्यता नबिग्रने गरी पर्व मनाउन आह्वान गर्दै माइकिङसहित जनचेतनामूलक अभियान चलाएको थियो । -रासस

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन [फोटोफिचर]

प्रकाशित : कार्तिक २८, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?