कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

चिनियाँ मन्त्रीलाई प्रधानमन्त्री ओलीले भने, 'मित्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा छ' 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको समेत बताएका छन् । उनले चीनका पर्यटन तथा संस्कृति मन्त्री लु सुगाङसंग बुधबार भएको भेटबार्ताका क्रममा उक्त कुरा बताएका हुन् ।

चिनियाँ मन्त्रीलाई प्रधानमन्त्री ओलीले भने, 'मित्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा छ' 

प्रधानमन्त्री ओलीले नेपालले आर्थिक विकास र समृद्धि अघि बढिरहेको समेत बताएका थिए । 'समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौं' ओलीलाई उधृत गर्दै उनका परराष्ट्र सल्लाहाकार डा.राजन भट्टराईले प्रेस नोटमा भनेका छन् ।


प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौं देखिको सम्बन्ध रहेकोसमेत स्मरण गराएका छन् । 'हामी एउटै हिमालको वारीपारी बसेका, एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं' प्रधानमन्त्री ओलीले भनेका छन्, 'हामी भूगोल, संस्कृति, रहनसहन र जनस्तरबाट पनि नजिक छौं ।'


चीनिया मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकत्तम् संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताएका थिए । गतवर्षको तुलनामा यस वर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले जानकारी गराएका थिए । 'नेपालको परम्परागत र साँस्कृतिक सम्पदाको अवलोकनका लागि चीनियाँहरु बढी आकर्षित छन्' मन्त्री सुगाङको भनाइ उधृत गर्दै प्रेस नोटमा भनिएको छ, 'भूकम्पपछिको पून: निर्माणको क्रममा रहेका यस्ता संरचनाको मौलिकपनलाई कायम राख्न उपयुक्त हुन्छ । यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालिन फाइदा पुग्नेछ ।'


प्रकाशित : कार्तिक २८, २०७५ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?