कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

विश्व वन्यजन्तु कोषले लालीगुँरास क्षेत्रको संरक्षण गर्ने 

आनन्द गौतम

ताप्लेजुङ — विश्व वन्यजन्तु कोष नेपाल (डब्लूडब्लूएफ)ले तीनजुरे, मिल्के, जलजले (टिएमजे) संरक्षणको जिम्मेवारी पाएको छ । 

विश्व वन्यजन्तु कोषले लालीगुँरास क्षेत्रको संरक्षण गर्ने 

ताप्लेजुङ,तेह्रथुम र संखुवासभा जिल्लाका १३ वटा स्थानीय तहमा काम गर्ने गरी तीन वर्षका लागि संरक्षणको जिम्मेवारी पाएको हो ।


उसले तीन जिल्लाका संरक्षण क्षेत्रसँग जोडिएका नगरपालिका सहित १९ वटा स्थानीय तहमा कार्यक्रमको प्रस्ताव गरेको थियो ।


अहिले संखुवासभा र तेह्रथुमका पाँच/पाँच र ताप्लेजुङका तीनवटा स्थानीय तह समेटिएका छन् । यसले कञ्चनजंघा संरक्षण क्षेत्र र मकालु वरुण राष्ट्रिय निकुञ्जसँग जोडिएर काम गर्ने भएको छ ।

सरकारको तर्फबाट वन तथा भू–संरक्षण विभागका सहसचिव माधुरी कार्की थापा र कोषको तर्फबाट सुमित गौतमले टिएमजे क्षेत्र हेर्ने गरीको जिम्मेवारी पाएका छन् । कोषले गौतमलाई परियोजना प्रबन्धकमा नियुक्त गरेको हो ।


कोषको क्षेत्रीय (फिल्ड) कार्यालय तेह्रथुमको वसन्तपुरमा रहनेछ । अहिले कार्यालय व्यवस्थापन लगायतको काम भइरहेको गौतमले बताए । कार्यालय व्यवस्थापनपछि जिल्लाका सरोकारवाला निकायलाई जानकारी गराउने योजना परियोजनाको छ ।


ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको संगमस्थल तीनजुरे, मिल्के, जलजले लालीगुँरास क्षेत्र। तस्बिर सौजन्य : कमल थापा


लालिगुँरास संरक्षण क्षेत्र, कञ्चनजंघा संरक्षण क्षेत्र र मकालु वरुण राष्ट्रिय निकुञ्जलाइ इको सिस्टमको आधारमा समेटेर काम गर्ने उद्देश्य परियोजनाको रहेको छ । वन क्षेत्र र स्थानीय समुदायसँगको सहकार्यमा सञ्चालन गर्ने परियोजनाले सुशासन,जलवायु परिवर्तन लगायतको क्षेत्रमा काम गर्ने उल्लेख छ ।


यसअघि तीनै जिल्लाका प्रतिनिधि तथा प्रदेश सभाका सांसद र सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिलाई भेला गराएर कोषले संरक्षणका लागि प्रस्ताव गरेको थियो । लालीगुँरास क्षेत्र ५ सय ८५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित : कार्तिक २८, २०७५ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?