कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यकर्ता रिहाइको माग गर्दै चक्काजाम

कान्तिपुर संवाददाता

काभ्रे — नेपाल विद्यार्थी संघले आफ्ना नेताको रिहाइको माग गर्दै राजमार्ग अवरोध गरेको छ । केन्द्रीय समितिले घोषणा गरेको चक्काजामका कारण बीपी र अरनिको राजमार्ग भएर जाने यातायातका साधन बनेपामा करिब आधा घण्टा रोकिएका थिए ।

तीनदोबाटोबाट सुरु भएको नेविसंघ काभ्रेको र्‍याली चारदोबाटो चोकमा आएर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य भगवान अधिकारी, जिल्ला अध्यक्ष नृपेश वादे लगायतले सम्बोधन गरेका थिए ।


प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका नेविसंघ तपेश्वर मावि इकाइ अध्यक्ष कृष्ण ढकालको रिहाईको माग गर्दै नेविसंघ केन्द्र र जिल्ला समिति काभ्रेले आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएका छन् । कात्तिक २४ र २५ गते काभ्रेमा शैक्षिक हड्ताल गरेको नेविसंघले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन समेत गरेको थियो ।


पक्राउको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेको नेविसंघले आइतबार जिल्ला प्रशासन कार्यलय काभ्रे घेराउ गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई ज्ञापनपत्र बुझाएको थियो । सोही आरोपमा पत्रकार ओमप्रसाद (कविराज) ढकाल पनि पक्राउ परेका छन् । दुवै मण्डन देउपुर ५, गैरीबिसौना निवासी हुन् ।

प्रकाशित : कार्तिक २८, २०७५ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?