स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा प्याकुर्‍याल

रासस

काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निमित्त सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुर्‍याल तोकिएका छन् । 

स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा प्याकुर्‍याल

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अर्को व्यवस्था नभएसम्म १२औं तहका प्रमुख विशेषज्ञ प्याकुर्‍याललाई आर्थिक तथा प्रशासनिक कार्यका निमित्त यही कात्तिक २५ गते उक्त जिम्मेवारी दिएका हुन् । समग्र स्वास्थ्य सुधारका लागि आफूले काम गरिराखेको र आगामी दिनमा जारी रहने सचिव डा प्याकुर्‍यालले बताए ।



सङ्घीय प्रणालीमा स्वास्थ्यको कर्मचारी समायोजन कसरी गर्ने भन्ने मन्त्रालयका तर्फबाट गठित समितिको नेतृत्वसमेत उनले गरेका छन् ।

प्रकाशित : कार्तिक २८, २०७५ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?