कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व महिला सांसद सम्मेलनमा उपसभामुखद्वारा सम्बोधन

कान्तिपुर संवाददाता

लण्डन — उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले लण्डनमा आयोजित विश्व महिला सांसद सम्मेलनलाई सम्बोधन गरेकी छन् ।

विश्व महिला सांसद सम्मेलनमा उपसभामुखद्वारा सम्बोधन

महिलाहरुलाई पनि मताधिकार प्रदान गरिएको १ सय वर्ष पुगेको सन्दर्भमा लन्डनमा भएको सम्मेलनमा उपसभामुख डा तुम्बाहाम्फेले बालिका शिक्षाबारे प्रवचन दिएकी छन् ।


उनले कम विकसित मुलुकहरुमा सामाजिक साँस्कृतिक प्रचलन, धार्मिक विश्वास, शिक्षाको उपयोगिताप्रतिको अज्ञानता, लैंगिक विभेद र विद्यालयमा कमजोर भौतिक सुविधा बालिका शिक्षाका अवरोधहरु रहेको उल्लेख गरिन् ।


उपसभामुख तुम्बाहाम्फेले नेपालमा बालिका शिक्षालाई प्रवर्द्धन गर्न संवैधानिक र नीतिगत व्यवस्थाहरु मिलाइएको उल्लेख गरिन् । अनिवार्य र निःशुल्क शिक्षालाई मौलिक हकमा नै राखिएको बताउँदै उनले यसले विद्यालय जानबाट रोकिएका कयौं बालबालिकाले शिक्षाको उज्यालो पाएको बताइन् ।


सबै तहका जनप्रतिनिधिहरुले कम्तिमा एकजना गरिब, पिछडिएको, दलित र बाहिष्करणमा परेका बालबालिकालाई आधारभूत तहसम्म शिक्षाको दायित्व बहन गर्ने अभियानले धेरै बालबालिका विद्यालयसम्म पुगेको उपसभामुखको भनाइ थियो ।


उनले महिला सांसदहरुको विश्व सम्मेलनले पनि विश्वभरका बालिकाहरुको शिक्षाका अवरोधकको निर्क्यौल गर्दै साझा धारणा ल्याउनुपर्नेमा जोड दिएकी छन् ।

प्रकाशित : कार्तिक २८, २०७५ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?