१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मातहतका निकायमा महानगरको छड्के जाँच, अनुपस्थित कर्मचारीसँग स्पस्टीकरण

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले मातहतका विभागमा छड्के जाँच गर्दा अनुपस्थित भेटिएका कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । विभिन्न विभाग, सचिवालय, महाशाखा, इकाई र अयोजनामा छड्के जाँच गर्दा अनुपस्थित भेटिएका ६९ जना कर्मचारीलाई प्रस्टीकरण सोधेको हो ।

मातहतका निकायमा महानगरको छड्के जाँच, अनुपस्थित कर्मचारीसँग स्पस्टीकरण

महानगरका सहसचिव डा टोकराज पाण्डेको नेतृत्वको टोलीले बुधबार २ देखि ३ बजेसम्म छड्के जाँच गरेको थियो । ३ सय २२ जना कर्मचारीमध्ये २४ जना अधिकृतस्तर र सहायकस्तरका ४५ जना कर्मचारी अनुपस्थित रहेको भन्दै स्पष्टीकरण सोधिएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । ‘कर्मचारीलाई अनुशासित, जवाफदेही र जिम्मेवार बनाउन जाँच सुरु गरेका छौं’ उनले भने, ‘कार्यालय समयमा काम छोडेर अन्तै व्यस्त हुन थालेका छन्, अब कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

महानगरको सेवा शर्त विनियमावली २०६१ को परिच्छेद १३ को १०७ (क) बमोजिम कारबाही गरिने उनले बताए ।


प्रकाशित : कार्तिक २८, २०७५ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?