कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संगठनलाई बदनाम गराउने प्रहरी अधिकारीलाई कारवाही हुन्छ : महानिरिक्षक खनाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले केही विकृत मानसिकता भएका प्रहरी अधिकारीका कारणले सिंगो संस्था नै बदनाम हुन पुगेका कारण त्यस्ता अधिकारीहरुलाई कारवाही गर्न संगठनले खुट्टा नकमाउने बताएका छन् ।

संगठनलाई बदनाम गराउने प्रहरी अधिकारीलाई कारवाही हुन्छ : महानिरिक्षक खनाल

गागलफेदीमा नवनिर्मित प्रहरी बिट भवनको उद्धघाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘पछिल्लो समय प्रहरी संगठन माथि चारै तिरबाट प्रहार भइरहेको छ । यो केवल दुईचारजना खराब अधिकारीहरुको कारण हो,’ उनले भने, ‘मलाई जनताको तहबाट सूचना दिनुहोस्, म ती अधिकारीलाई ठाउँको ठाउँ कारवाही गर्छु ।’


उनले निर्मला हत्याकाण्डमा प्रहरीले धेरै तहमा टोली खटाएकोले अपराधी जसरी पनि पत्ता लगाउने दाबी समेत गरे । ‘हामीले विभिन्न तहका टोली खटाएर अनुशन्धान गरिरहेका छौं,’ उनले भने, ‘अनुशन्धान निष्कर्षमा पुग्छ । अपराधी पत्ता लाग्छ । र, त्यो अपराधमा संलग्न जो कोहीलाई पनि कारवाही हुन्छ ।’


प्रकाशित : कार्तिक २९, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?