१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जिप खस्दा चालकको मृत्यु

अर्जुन शाह

धनगढी — बाजुराको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको जिप बिहीबार बुढीगंगा नगरपालिका– २ बल्देमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

से १ ज ५४३ नम्बरको जिप दुर्घटना हुँदा चालक त्रिवेणी नगरपालिका–४ का ४० वर्षीय धनबहादुर साउदको घटनास्थलमै मृत्यु भएको हो । २ जना यात्रु घाईते भएका छन् ।


घाइते हुनेमा चालक साउँदका २२ वर्षीय छोरा नवराज साँउद र खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका कुम्भ बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


घाइतेहरुलाई उपचारका लागि अछामको बयालपाटा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । जिप सडकभन्दा १ सय मिटर तल खसेको छ ।

प्रकाशित : कार्तिक २९, २०७५ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?