मन्त्रिपरिषद् निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक [भिडियोसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारको निर्णय बिहीबारदेखि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न सुरु गरिएको छ ।परिवक्व सूचना जनतामा प्रवाह गराउने उद्देश्यले पत्रकार सम्मेलनबाट मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न थालिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए ।

मन्त्रिपरिषद् निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक [भिडियोसहित]

उनका अनुसार सरकारको निर्णय सार्वजनिक गर्न हरेक साता एक पटक पत्रकार सम्मेलन आयोजना गरिनेछ । तर, प्रवक्ताको समय तलमाथि पर्ने भएकोले अहिले नै समय एकीन गर्न नसक्ने मन्त्री बाँस्कोटाको भनाइ थियो ।

‘परिपक्व सूचना जाओस्, नबुझेको विषय पत्रकारले प्रवक्तालाई सोधेर गलत सूचना जान रोकियोस् भनेर यस्तो व्यवस्था सुरु गरिएको हो’ बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले भने, ‘सरकारको निर्णय परिपक्व हुन २४ घण्टा लाग्छ, त्यसअघि नै निर्णय सार्वजनिक गर्दा प्रस्ताव पेश गर्ने मन्त्रालयले फिर्ता लिन वा संशोधन गर्न आवश्यक देखिएमा त्यस गर्न मौका सरकारलाई नहुने भएकोले निर्णय रोक्न नभइ गलत न्यूज नजाओस् भन्र यस्तो व्यवस्था गरिएको हो ।’

उनले सरकारले सूचना प्रवाहलाई व्यवस्थित गर्न मात्र खोजिएको भन्दै निर्णय लुकाउन लागेको आशंका नगर्न सञ्चारकर्मीलाई आग्रह गरे । यस्तो व्यवस्था बेलायतलगायत देशमा पनि अभ्यास भइरहेको उनले सुनाए ।

मन्त्रिपरिषद्को निर्णय अबको दुई सातामा इलेक्ट्रोनिक कपी, फोटोकपी, अडियो, भिडियोसहित दिने तयारीमा आफूहरु रहेको प्रवक्ता बाँस्कोटाले बताए । पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले कार्तिक २५ गते भएको मन्त्रिपरिषद् बैठकको निर्णय पनि सार्वजनिक गरेका थिए ।

भिडियो

हेर्नुहोस् निर्णयको पूर्णपाठ

प्रकाशित : कार्तिक २९, २०७५ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?