१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

डीएसपी राई धरौटीमा रिहा

कान्तिपुर संवाददाता

काठमाडौँ — घूस आरोपमा मुद्दा चलाइएका महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामकुमार राईलाई विशेष अदालतले धरौटीमा रिहा गरेको छ ।

उनी घूस लिए बराबरको रकम १ लाख ४० हजार धरौटी राखी बिहीबार रिहा भएका छन् ।


विशेष अदालतका न्यायाधीशहरू द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले धरौटीमा छोड्न आदेश दिएको हो ।


मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट लिएको घूस रकमसहित राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनाअघि पक्राउ गरी बुधबार मुद्दा दायर गरेको थियो ।

प्रकाशित : कार्तिक २९, २०७५ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?