कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

इजरायलको राजदूतमा  शाक्य सिफारिस 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले इजरायलका लागि राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर उनको ठाउँमा प्रधानमन्त्री केपी ओलीनिकट अञ्जान शाक्यलाई नियुक्तिको सिफारिस गरेको छ ।

इजरायलको राजदूतमा  शाक्य सिफारिस 

थापालाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७३ फागुनमा राजदूत बनाएको थियो । मन्त्रिपरिषद्को २५ कात्तिकको बैठकले थापालाई तीन साता समय दिएर फिर्ता बोलाई शाक्यलाई पठाउने निर्णय गरेको हो ।


शाक्यलाई ओलीले अघिल्लो कार्यकालमै जापानका लागि राजदूत बनाउन खोजेका थिए । पार्टीभित्रै

विरोध भएपछि त्यतिबेला नियुक्तिको निर्णय हुन सकेन । पार्टीमा कुनै योगदान नभए पनि उनी लामो समयदेखि ओलीनिकट छिन् ।


ओलीले २०६३ मा परराष्ट्रमन्त्री हुँदा शाक्यलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक नियुक्त गरेका थिए । कांग्रेसकी सुजाता कोइराला परराष्ट्रमन्त्री भएपछि मन्त्रालयले उनको योग्यतामाथि छानबिन गर्दा मापदण्ड नपुगेको निष्कर्ष निकाल्दै पदबाट हटाएको परराष्ट्र स्रोतले जनायो ।


सरकारले आइतबारै दक्षिण अफ्रिकाका राजदूत अमृतबहादुर राईलाई पनि फिर्ता बोलाउने निर्णय गरेको थियो । उनलाई भने न्युयोर्क पठाउने सम्भावना छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?