कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

संयुक्त राष्ट्रसंघीय उप-महासचिव अमिना काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त राष्ट्र संघकी उप-महासचिव अमिना जे मोहम्मद शुक्रबार काठमाडौं आइपुगेकी छन् । उनी 'शिक्षाका लागि विश्व अभियान' सम्मेलनमा भाग लिन आएकी हुन् । 

संयुक्त राष्ट्रसंघीय उप-महासचिव अमिना काठमाडौंमा

उनले नेपाल सरकारका उच्च अधिकारीहरुसँग पनि छलफल गर्नेछिन् । यही सिलसिलामा उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा भेटवार्ता गरेकी छन् ।


सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार दुईजनाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्व ग्रस्त क्षेत्रहरुमा शान्ति स्थापनाका लागि सैनिक पठाउँदै आएको छ ।


अमिनाले नेपालमा २४ घण्टा बिताउने छिन् । अमिना नाइजेरियाकी पूर्व वातावरण मन्त्रीसमेत हुन् । उनले २०१५ मा विकास योजनाका लागि पूर्व महासचिव बान-की-मुनको विशेष सल्लाहकारको रुपमा समेत काम गरेकी थिइन् ।

प्रकाशित : कार्तिक ३०, २०७५ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?