प्रहरीबाट विगतमा भएका कमीकमजाेरी सच्चाउँछु : महानिरीक्षक खनाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतमा प्रहरीबाट भएकाे गल्ती  र कमी कमजाेरीहरू सच्चयाउने बताएका छन् । अबमा दिनहरूमा प्रहरीबाट गल्ति हुन नदिने उनले बताए । 

प्रहरीबाट विगतमा भएका कमीकमजाेरी सच्चाउँछु : महानिरीक्षक खनाल

शुक्रबार पुलिस क्लबमा 'बिना बर्दीका प्रहरी' गीत सार्वजनिक कार्यक्रममा बाेल्दै महानिरीक्षक खनालले अबका दिनहरूमा प्रहरीबाट नराम्राे काम गरेकाे कसैले नसुन्नुपर्ने दाबी गरे । यसका लागि अाफूले वातवरण तयार गरिरहेकाे जानकारी दिए ।


समृद्ध नेपाल सुखी नेपालीकाे नारालाई सार्थक पार्न प्रहरी दिनरात लागिपरेकाे उनले बताए । सेवाभावमा समर्पित गीतहरूले प्रहरीलाई उर्जा मिल्ने महानिरीक्षक खनालकाे भनाई थियाे ।


गीत विमाेचन कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ संस्कृतिविद् एवं शताब्दी पुरूष सत्यमाेहन जाेशीले जनहितका लागि निर्मित गितहरूले देशलाई जाेडेकाे बताए ।


विजय नारयाण मान्नधरकाे गायन,भुपेन्द्र रायामाझीकाे संगित रहेकाे उक्त गीतका रचनाकार कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारी हुन् ।


प्रकाशित : कार्तिक ३०, २०७५ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?