कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खप्तडको पर्यटनमा सम्भाव्यता अध्ययन गरिंदै

बसन्तप्रताप सिंह

बझाङ — सुदर पश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडको पर्यटकीय सम्भाव्यता अध्ययनको लागि नेपाल पर्यटन बोर्ड तथा पर्यटन व्यवसायीहरुको टोली खप्तड पुगेको छ । टोलीले यहाँको पर्यटन पुर्वाधार विकासको बारेमा पनि अध्ययन गरेर योजना बनाउने बताएको छ ।

खप्तडको पर्यटनमा सम्भाव्यता अध्ययन गरिंदै

पर्यटकीय सम्भावना अध्ययनको लागि उक्त टोली बझाङ हुँदै खप्तड प्रवेश गरेर डोटीसम्म पुग्ने छ । अध्ययन टोलीमा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महरा, अवधेश कुमार दास र दिपक महत सहभागी छन् । यस्तै पर्यटन बिकास समाज धनगढीका महासचिव सन्जय कुमार चौधरी, होटल ब्यबसायी संघ डोटीका अध्यक्ष दिपक बहादुर खडका, खप्तड मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्याय पनि अध्ययन टोलीमा सहभागी छन् ।


टोलीले बझाङ सदरमुकाम चैनपुर र खप्तड छान्ना गाउँपालिकामा स्थानीय पर्यटन व्यवसायी पत्रकार तथा स्थानियबासीसँग पर्यटन विकासको बारेमा अनौपचारिक छलफलसमेत गरेको थियो ।

नेपाल पर्यटन बोर्डले हालसालै खप्तड राष्ट्रिय निकुञ्जमा सुविधा सम्पन्न पाहुना घर निर्माणको लागि ६ करोड रकमसमेत विनियोजन गरेको बताउँदै बोर्डका सदस्य कृष्ण बहादुर महराले उक्त संरचना कहाँ र कसरी बनाउने भन्ने बारेमा वार्डेन कार्यालय र खप्तडस्थित नेपाली सेनासँग पनि छलफल गरिने जानकारी दिएका छन् । उनले खप्तड व्यारेक आसपासमा एक सय जना र बीचपानिमा २५ जनालाई बसोबासको व्यवस्थाका लागि संरचना निर्माण हुने बताए ।

अहिले खप्तडमा वर्षेनी २० हजार भन्दा बढी पर्यटक आउने गरेको तथ्याङ्क छ । राम्रो खानपिन र बसोबासको व्यवस्था भए प्रतिबर्ष ५० हजार पर्यटक भित्रयाउन सकिने पर्यटन बिकास समाजका महासचिव सञ्जय कुमार चौधरीले बताए । उनले खप्तड हेर्न आउनेहरु संख्या बढाउनका लागि के गर्न सकिन्छ भन्ने बारेमा यो टोलीले अध्ययन गर्ने बताए ।


खप्तडमा स्की र गल्फ खेलको पनि सम्भावना भएकाले अध्ययनको क्रममा खेलका सम्भावनाहरुलाई कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा जानकारी संकलन गरिने बोर्डका सदस्य अर्का सदस्य अवधेशकुमार दासले बताए ।

खप्तडमा निजी क्षेत्रको लगानीलाई कसरी भित्र्याउन सकिन्छ भन्ने बारेमा पनि अध्ययनका क्रममा छलफल गरिने होटल व्यवसायी संघ डोटीका अध्यक्ष एवं अध्ययन टोलीका सदस्य दिपक खडकाले जानकारी दिए । यो टोली ३ दिनसम्म खप्तड क्षेत्रमा रहने छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?