कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

महाधिवेशनपछि गुट-उपगुट रहँदैन : कोइराला

कान्तिपुर संवाददाता

नवलपुर — कांग्रेस महामन्त्री शशांक कोइरालाले गुट र उपगुटले पार्टी ध्वस्त भएको बताउँदै गुटविहीन कांग्रेस बनाउन आफू लागिपरेको बताएका छन् ।

महाधिवेशनपछि गुट-उपगुट रहँदैन : कोइराला

‘मेरो चाहना गुटरहित कांग्रेस हो,’ पूर्वी नवलपरासीको शास्वताधाममा शुक्रबार आयोजित नमुना नवलपुर जिल्ला विकास योजना परिकल्पना दस्तावेज सार्वजनिकीकरण कार्यक्रमपछि सञ्चारकर्मी उनले भने, ‘अब आउँदो महाधिवेशनको समयमा नेतृत्वमा आउन गुट आवश्यक रहे पनि महाधिवेशनपछि गुट, उपगुट रहँदैन ।’


उनले पार्टीको आगामी महाधिवेशनमा आफू नेतृत्वमा आउन जिल्ला जिल्लामा छलफल सुरु गर्ने पनि बताए । कोइरालाले आफ्नो परिवारमा उम्मेदवारीका बारेमा विवाद नदेखाउन दाजु शेखर कोइरालासँग सभापतिको नेतृत्वमा को जाने भन्ने विषयमा छलफल चलिरहेको जानकारी दिए । सुजाता कोइरालाको स्वास्थ्यले त्यति साथ नदिएको अवस्थामा अहिले दाजु शेखरसँग सरसल्लाह भइरहेको पनि स्पष्ट पारे । आफ्नो सभापतिमा उठ्ने चाहना भएकाले देशभरका साथीहरुको रायसल्लाह लिने काम भइरहेको उनले बताए ।


प्रतिनिधिसभा, प्रदेश र स्थानीय तह निर्वाचनमा कांग्रेस गुटउपगुटका कारण पराजित भएको विश्लेषण आफ्नो रहेको भनाइ उनले राखे । ‘कम्युनिष्टलाई जनताले विश्वास गरेका होइनन् । कांग्रेसको गुट र घातले पराजय भोगेको मैले बुझेको छु,’ उनले भने । कांग्रेसलाई सबै पेसाकर्मीहरुको आकर्षण रहने पार्टी बनाउने आफनो ध्यान रहेको दाबी उनले गरे । कसरी स्वतन्त्र समूह वा अन्य पेसाका व्यक्तिलाई आकर्षण गर्ने भन्ने उनले खुलाएनन् ।

प्रकाशित : कार्तिक ३०, २०७५ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?