२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

धनगढीमा एक युवकको हत्या

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उप–महानगरपालिका–४ उत्तरबेहडीस्थित प्रदेश प्रमुखको कार्यालय अगाडि एक युवकको हत्या गरिएको छ । 

शुक्रबार राति साढे ९ बजेतिर धनगढी–४ कै अन्दाजी २५ वर्षीय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतकको टाउकोमा प्रहार भएको देखिएको छ ।

प्रदेश प्रमुख कार्यालयकाे पूर्वपट्टी रहेकाे कलश हाेटलकाे पछाडिबाट रगताम्य युवकलाई घिसार्दै लगिरहेका बेला धनगढी–४ कै आशिष सेटीलाई प्रहरीको गस्ती टोलीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी आभुषण तिमिल्सिनाले सोधपुक्षका लागि केही अरु युवालाई पनि हिरासतमा लिएको बताएका छन् । शव पोष्टमार्टसका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको एसपी तिमिल्सिनाले बताएका छन् ।

प्रकाशित : मंसिर १, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?