कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

२८ हजार अमेरिकी डलरसहित दुई पक्राउ 

बलराम घिमिरे

रसुवा — प्रहरीले २८ हजार ६ सय अमेरिकी डलर सहित दुई जनालाई शनिबार बिहान पक्राउ गरेको छ ।  

२८ हजार अमेरिकी डलरसहित दुई पक्राउ 

विशेष सुराकीको आधारमा प्रहरीले चितवनको रत्ननगर नगरपालिका–७ टाडी बस्ने श्रीराम चौधरी र रौतहट सिमाभवानीपुर–३ बस्ने विकास प्रसाद चौधरीलाई पक्राउ गरेको हो ।


श्रीराम चौधरीको साथबाट २६ हजार ८ सय र विकास प्रसाद चौधरी साथबाट १ हजार ८ सय अमेरीकी डलर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले बताएको छ ।


बा १ य १४४६ नम्बरको स्कारपियोमा काठमाडौंबाट केरुङतर्फ लैजादै गरेको अवस्थामा शनिबार बिहान त्रिशुली खोलाबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए ।


उनीहरुले रसुवा जिल्लामा बसाइ सराइ गरी केरुङ जाने पास समेत बनाएका थिए । चेक जाँचको क्रममा हाते झोलाभित्र लुकाइ छिपाइ चीन लैजान लागेको अवस्थामा २८ हजार ६ सय अमेरिकी डलर भेटिएको हो । उनीहरुलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : मंसिर १, २०७५ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?