कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

श्रीमतीको  गोली हानी र छोराको घाँटी रेटी हत्या

हरि गौतम

रुकुम पश्चिम — त्रिवेणि गाउँपालिका–१ का ४९ वर्षीय सत्तबहादुर बुढाले ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र ११ वर्षीय छोरा स्वयमप्रकाश बुढाको हत्या गरेको प्रहरीले जनाएको छ । शनीबार राति २ बजे श्रीमतीलाई भरुवा बन्दुकले गोली हानेर र छोराको भने खुकुरीले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । 

श्रीमतीको  गोली हानी र छोराको घाँटी रेटी हत्या

श्रीमती र छोराको हत्यापछि आफूले पनि घाँटी रेटेको अवस्थामा सत्तबहादुर भेटिएका छन् । ‘आफू पनि मर्छु भनेर घाँटी रेटेको बुझिन्छ,’ डिएसपी खड्काले भने, ‘तर उ घाइते अवस्थामा भेटिएको छ ।’ आमा छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहानै गाउँलेले घटनाबारे प्रहरीलाई बताएका थिए । अभियुक्त र शव जिल्ला ल्याउने तयारी भैरहेको छ ।


‘घटनाको सबै कारण अनुसन्धानपछि थाहा होला । प्रारम्भिक अनुसन्धानमा रक्सी खाएर घटना घटाएको बुझिन्छ,’ डिएसपी खड्काले भने ।


स्थानीयले भने सत्तबहादुर मानसिक रोगी भएको बताएका छन् । केही दिन अघि जंगलमा हराएका उनलाई ५ दिनपछि खोजेर घर ल्याइएको थियो । जंगलबाट घर ल्याइसकेपछि धामीझाँक्री गरेको र अस्पताल लैजानेसम्मको तयारी परिवारले गरेको आफूले सुनेको वडाध्यक्ष मोहनकिशोर ओलीले बताए ।


प्रकाशित : मंसिर २, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?