गृहमन्त्रीद्वारा निर्मला पन्त हत्याकाण्डको पछिल्लो जानकारी दिन इन्‌कार

मकर श्रेष्ठ

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्या प्रकरणको पछिल्लो जानकारी माग्दा इन्‌कार गरेका छन् । आइतबार संसदको राज्य व्यवस्था समितिको बैठकमा समितिका सदस्यद्वय देवेन्द्रराज कडेँल र प्रेम सुवालले पन्त हत्याको पछिल्लो जानकारी दिन माग राखेका थिए ।

गृहमन्त्रीद्वारा निर्मला पन्त हत्याकाण्डको पछिल्लो जानकारी दिन इन्‌कार

गृहमन्त्री थापाले यो बैठक नागरिकता एेन संशोधन विधेयकको छलफल भएको भन्दै पन्त हत्या प्रकरणको बारेमा जानकारी दिने यो उपयुक्त ठाउँ नभएको बताए ।

उनले भने,'यो विषय माननियहरुले गम्भीर रुपमा उठाउनुभयो । तर आज यो विषयमा छलफल गर्दा उपयुक्त नहोला । '


राज्यव्यवस्था समिति सभापति शशि श्रेष्ठले यो विषयमा मन्त्रीसँग छलफल भइरहेको बताइन् । 'यस विषयमा केन्द्रीत भएर चाडै छलफल गर्दैछौँ' उनले भनिन् ।


यो पनि पढ्नुहोस्ः

निर्मला पन्त बलात्कार र हत्या घटना : थप दुई प्रहरी निलम्बित

निर्मला हत्या प्रकरण: न्याय माग्नमै बित्यो सय दिन

निर्मला हत्या प्रकरण: ‘औपचारिकता पूरा गरेजस्तो प्रतिवेदन’

प्रकाशित : मंसिर २, २०७५ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?