कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिथिला क्षेत्रका धार्मिक एवं सांस्कृतिक सम्पदाको भौतिक निर्माणमा अनियमितता गरेको आरोपमा ३ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

मुद्दा दायर गरिएकामा रामजानकी मन्दिर कम्पाउण्ड वाल निर्माण उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश यादव, ब्रह्मस्थान उपभोक्ता समितिका अध्यक्ष अजयकुमार यादव, पर्यटन कार्यालय जनकपुरका ओभरसियर अनिरुद्र मण्डल छन् ।


अख्तियारले ओमप्रकाशमाथि एक लाख ३५ हजार, अजयकुमारमाथि एक लाख ३१ हजार र मण्डलमाथि दुई लाख ६६ हजार बिगो मागदाबी गरेको छ ।


उनीहरूमाथि काम नै नगरी नक्कली विल भरपाई बनाई रकम निकासा लिई भ्रष्टाचार गरेको दाबी अभियोगपत्रमा गरिएको छ ।

प्रकाशित : मंसिर २, २०७५ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?