पीडकहरूलाई बचाउने षडयन्त्रप्रति सचेत हुन अपिल

काठमाडौँ — मानव अधिकारकर्मीहरूले १० वर्षे सशस्त्र द्वन्द्वका पीडकहरूलाई बचाउने र पीडितहरूलाई अझ निस्तेज पार्ने षडयन्त्र भइरहेको दाबी गर्दै त्यसप्रति सचेत हुन संसद, मानव अधिकार आयोग, नागरिक समाजलगायतलाई आग्रह गरेका छन् ।

पीडकहरूलाई बचाउने षडयन्त्रप्रति सचेत हुन अपिल

२१ जना मानव अधिकारकर्मीले आइतबार संयुक्त विज्ञप्ति जारी गरी मुलुकमा मानव अधिकार आन्दोलनको मूल एजेण्डालाई तुहाउने, मानवताविरुद्धका जघन्य वा गम्भीर अपराधीलाई उन्मुक्ति दिने, घटनाका साक्षी, प्रमाण र पीडितलाई निस्तेज पार्ने काम मानव अधिकारकर्मीमध्येकै केहीले गरेको पाइएको उल्लेख गर्दै त्यसप्रति सचेत हुन अपिल गरेका हुन् ।


द्वन्द्वपीडित सत्याग्रही गंगामाया अधिकारी, मानव अधिकारकर्मीहरू चरण प्रसाईं, कपिल श्रेष्ठ, सफलता बोगटी,अधिवक्ता ओमप्रकश अर्यालसहितले हस्ताक्षर गरेका छन् । विज्ञप्तिमा १० वर्षे सशस्त्र द्वन्द्वका पीडकहरूलाई विश्वव्यापी क्षेत्राधिकारको दायरामा ल्याउन र पीडितहरूलाई छिटो न्याय दिलाउन माग गरिएको छ ।


‘पीडकहरूलाई विश्वव्यापी क्षेत्राधिकारको दायरामा ल्याउन, विदेश भ्रमणको प्रवेशाज्ञा रोक्न, भेटिङ गर्न, दलिय वा व्यक्तिगत स्वार्थमा भएका षडयन्त्रको पर्दाफास गर्न आ–आफ्नो क्षेत्रबाट पहल गर्न समेत सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौँ’ विज्ञप्तिमा छ ।


प्रकाशित : मंसिर २, २०७५ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?