निर्मला हत्या प्रकरण : धर्नामा विभिन्न निकायको ऐक्यबद्धता

कञ्चनपुर — निर्मला पन्तका बुबा यज्ञराज र आमा दुर्गादेवीले न्याय माग्दै सुरु गरेको अनिश्चितकालीन धर्ना लाई नयाँ शक्ति पार्टीले ऐक्यबद्धता जनाएको छ ।

निर्मला हत्या प्रकरण : धर्नामा विभिन्न निकायको ऐक्यबद्धता

प्रदेश इन्चार्ज कृष्णकुमार चौधरीको संयोजकत्मा आइतबार महेन्द्रनगरमा बसेको बैठकले न्यायका लागि धर्ना बसेका पीडित परिवारले थालेको धर्नामा ऐक्यबद्धता जनाउनुका साथै सरकार समक्ष तत्काल अपराधी सार्वजनिक गर्न माग गरेको छ । ‘निर्मला घटना अनुसन्धानमा सुरुदेखि नै नाटक मञ्चन भइरहेको छ,’ पूर्वसभासदसमेत रहेका चौधरीले भने, ‘नक्कली बलात्कारीदेखि डीएनएसम्म सबै नाटक नै हो ।’


उनले सुरुदेखि नै घटना अनुसन्धानमा लापरबाही गरेको र अहिले पनि सरकारले गम्भीर रूपमा नलिएको भन्दै अपत्ति जनाए । बैठकपछि प्रदेश इन्चार्जसहति ९२ सदस्य धर्नास्थल पुगेरै ऐक्यबद्धता जनाएका थिए । ‘अपराधी सार्वजनिक नभए नयाँ शक्ति जुनसुकै आन्दोलन गर्न तयार छ,’ उनले भने ।


हत्यारा सार्वजनिक गरिनुपर्ने माग गर्दै निर्मलाका आमाबुबा गत आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका हुन् । धर्नामा बसेका यज्ञराज र दुर्गादेवीको स्वास्थ्य बिग्रँदै गएको छ । साढे ३ महिनाअघि बलात्कारपछि हत्या गरिएकी निर्मला घटनाको अनुसन्धान अहिले पनि सही तवरले हुन नसकेको पीडित परिवारको गुनासो छ ।


प्रहरीले भने तीव्र गतिमा अनुसन्धान भइरहेको जनाएको छ । शंकास्पद व्यक्तिलाई निगरानीमा राख्नुका साथै विभिन्न चरणबाट अनुसन्धान भइरहेको डीएसपी कृष्णराज ओझाले बताए ।

प्रकाशित : मंसिर ३, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?