२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चीनले महिला राजदूतलाई फिर्ता बोलाएर महिला नै पठाउँदै

अनिल गिरी

काठमाडौँ — चीनले नेपालका लागि बहालवाला राजदूत यू होङको कार्यकाल सकिनु अघि नै फिर्ता बोलाएर उनको स्थानमा नयाँ राजदूत सिफारिस गरेको छ ।

चीनले महिला राजदूतलाई फिर्ता बोलाएर महिला नै पठाउँदै

कुटनीतिक स्रोतका अनुसार बेइजिङले होउ यानक्वीलाई नेपालका लागि २१ औं राजदूत बनाएर नेपाल पठाउन लागेको छ । उनी चिनियाँ परराष्ट्र मन्त्रालयमा उप-महानिर्देशकको पदमा कार्यरतछिन् । स्रोतका अनुसार चीनको आफ्नो निर्णय नेपालको परराष्ट्र मन्त्रालयलाई बताइसकेको छ । काठमाडौंबाट सहमति मिल्नासाथै यानक्वीलाई चिनियाँ राष्ट्रपति सी चिन फिनले औपचारिक नियुक्ती दिने छन् ।


हालकी राजदूत यू होङ २०१६ नोभेम्बरमा नियुक्ती पाएकी थिइन् । उनको कार्यकालमा नेपालले बेल्ट एण्ड रोड इनिसियटिभ सम्झौतामा हस्ताक्षर गर्नुका साथै विभिन्न समयमा उच्च तहको द्विपक्षीय भ्रमण समेत भएका थिए । स्रोतका अनुसार हालकी राजदूत होङ सह-सचिवमा बढुवा भएपछि फिर्ता जान लागेकी हुन् । नयाँ सिफारिस गरिएकी राजनूत यानक्वी नेपाली अधिकारी र राजनीतिज्ञहरुमाझ परिचित नाम हुन् ।


उनी दक्षिण एसिया मामिला हेर्ने चिनियाँ मन्त्रालयको एसियाली विभागकी प्रमुख व्यक्ति हुन् । उनी नेपाल र बेइजिङको सम्बन्ध बारे निकै जानकारी राख्छिन् ।


नयाँ चिनियाँ राजदूत सिफारिस बारे परराष्ट्र मन्त्रालयले भने कुनै टिप्पणी गर्न चाहेन ।


प्रकाशित : मंसिर ३, २०७५ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?