कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. गोविन्द केसी अस्वस्थ, मनमोहनको सीसीयूमा भर्ना

काठमाडौँ — डा. गोविन्द केसी अत्यधिक छाती दुखाइका कारण त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोराक्सिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयूमा भर्ना गरिएका छन् । 

डा. गोविन्द केसी अस्वस्थ, मनमोहनको सीसीयूमा भर्ना

सोमबार बिहान छातीमा केही असहज महसुस भएका कारण उनी अस्पतालको इमरजेन्सीमा देखाउनका लागि गएका थिए । उनी निकट रहेका डा. अभिषेक सिंहका अनुसार डा‍. केसीलाई केही दिन यता राम्रो निद्रा परेको थिएन र छातीमा पनि अप्ठ्यारो महसुस भएको थियो ।

'बिहान इमरजेन्सीमा डा. अरुण सायमीले उहाँको स्वास्थ्य परिक्षण गर्नुभयो । अब्जर्बेसनका लागि सीसीयूमा नै बस्नुपर्ने सल्लाह दिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको हो,' उनले भने ।


उनको अनुसार डा. केसीको थप स्वास्थ्य परिक्षण भइरहेको छ ।

यो पनि:

'म रैती होइन, सार्वभौम नागरिक हुँ, धम्कीले डराउँदिनँ'

प्रकाशित : मंसिर ३, २०७५ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?