कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

राष्ट्रिय परिचय पत्र पाउने १०१ वर्षीया भगवती पहिलो, गृहमन्त्री दोश्रो

आनन्द गौतम

पाँचथर — सदरमुकाम फिदिमवाट राष्ट्रिय परिचय पत्र वितरणको काम सुरु भएको छ ।  गृहमन्त्री रामवहादुर थापा (वादल) ले  फिदिम नगरपालिका ४ शान्तिपुरकी १०१ वर्षीया बृद्धा भगवतीदेवी भण्डारीलाई पहिलो परिचय पत्र दिएर वितरण सुरु गरेका हुन् ।

राष्ट्रिय परिचय पत्र पाउने १०१ वर्षीया भगवती पहिलो, गृहमन्त्री दोश्रो

परिचयपत्र वितरणकालागि थापा काठमाडौंबाट हेलिकप्टरमा आएका हुन् ।


परिचयपत्र पाउने दोश्रो नागरिक भने गृहमन्त्री थापा आफैं भएका छन् । उनलाई भगवतीले परिचयपत्र दिएकी थिइन् । बृद्धा अवस्थाकी उनले बसिबसि परिचय पत्र बुझिन् । उनलाई परिचयपत्र वुझ्न परिवारका सदस्यले फिदिम ल्याएका थिए ।


प्रदेस नं. १ का मुख्य मन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवो, गृह र प्रधानमन्त्री कार्यालयका सचिवलगायतको उपस्थिति वितरण कार्यक्रममा रहेको थियो । पहिलो दिन सोमवार ५० वटा कार्ड बाँड्ने राष्ट्रिय परिचयपत्र ब्यवस्थापन तथा पञ्जिकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए । न्यौपानेका अनुसार पाँचथरका लागि २ हजार ४ सय २९ वटा परिचयपत्र कार्ड ल्याइएको छ । अरु छपाईको क्रममा रहेको उनले जानकारी दिए । सूचना संकलन भने ५२ हजार ७ सय ५४ जनाको गरिएको छ । यो आइतवार साँझसम्मको तथ्यांक हो । सूचना संकलनको काम गत असार ५ गतेदेखि भएको हो ।


सिंहदरवारमा ३२ सयको सूचना संकलन गरिएको उनले बताए । यो कार्यक्रम पाँचथरवाट सुरु भएको हो । छपाई भएर ल्याएको कार्ड खोल्ने बित्तिकै सम्वन्धित ब्यक्तिको मोवाइलमा म्यासेज जाने भएकाले सोमवार कार्ड प्राप्त गर्ने सबैले सूचना पाइसकेको न्यौपानेले बताए ।


दोश्रो चरणमा झापा, संखुवासभा, महोत्तरी, सप्तरी, ललितपुर, रसुवा, चीतवन, तनहुँ, स्याङजा, कपिलवस्तु, गुल्मी, सल्यान, जुम्ला, कञ्चनजपुर र अछाम गरी १५ जिल्लामा विवरण हुने न्यौपानेले बताए ।

प्रकाशित : मंसिर ३, २०७५ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?