१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रकाश दाहालको स्मृतिमा प्रतिष्ठान स्थापनाको तयारी

ललितपुर — नेकपाका अध्यक्ष पुष्पकमाल दाहालका पुत्र प्रकाश दाहालको स्मृतिमा प्रतिष्ठान स्थापना गर्ने बताएका छन् ।

प्रकाश दाहालको स्मृतिमा प्रतिष्ठान स्थापनाको तयारी

सोमबार प्रकाशको निधन भएको एक वर्ष पुगेको अवसरमा दाहाल निवास खुमलटरमा आयोजित स्मृति सभामा बोल्दै अध्यक्ष दाहालले प्रतिष्ठान स्थापनाको तयारी भइरहेको जानकारी दिएका हुन् ।

उनले छोरा प्रकाश र छोरी ज्ञानुको स्मृतिमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताए । प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, अनुसन्धान लगायतका क्षेत्रहरुमा काम गर्ने बताए ।

स्मृतिसभामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा भएको बताएका थिए ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा प्रकाश दाहालको स्मारिका विमोचन गरेका थिए ।

स्मृति सभामा कांग्रेस सभापति शेरबहादुर देउवा,नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई,राजपा अध्यक्ष मण्डल महन्थ ठाकूर,राप्रपाका अध्यक्ष कमल थापा लगायतले श्रदाञ्जली अर्पण गरेका थिए ।

प्रकाश दाहालको गत वर्ष मंसिर ३ गते हृदयघातबाट नर्भिक अस्पतालमा निधन भएको थियो ।

प्रकाशित : मंसिर ३, २०७५ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?