२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

युरोपेली लगानी बैंकका उपाध्यक्ष राजधानीमा

रासस

काठमाडौँ — युरोपेली लगानी बैंकका उपाध्यक्ष एन्ड्रु म्याकड्वेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालको चार दिवसीय भ्रमणमा राजधानी आइपुगेको छ । 

पाँच वर्षको अन्तरालमा पहिलोपटक बैंकको उच्चतहमा भएको यो भ्रमणले नेपालको भौतिक पूर्वाधार निर्माणका आर्थिक अभावलाई केही हदसम्म भए पनि सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।


नेपालको ऊर्जा, यातायात तथा वन क्षेत्रमा सहयोगका क्षेत्र पहिल्याउन नेपाली राजनीतिक एवं उद्यमी व्यवसायीसँग परामर्शका साथै चिलिमे–त्रिशुली प्रसारण लाइनको शिलान्यासमा सहभागी हुन उक्त प्रमण्डल नेपाल भ्रमणमा आएको हो ।


प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमण्डले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको यहाँस्थित युरोपेली प्रतिनिधिमण्डलले जनाएको छ । बैंकको टोलीले नेपालको मन्त्रिपरिषद्का सदस्य, कूटनीतिज्ञ एवं व्यापारीसँग पनि भेटवार्ता गर्नेछ ।

प्रकाशित : मंसिर ३, २०७५ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?