अनुदान आयोग अध्यक्षमा सुवेदी नियुक्त

काठमाडौँ — विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक भीमप्रसाद सुवेदी नियुक्त भएका छन् ।कात्तिक २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

उनले सोमबार पदभार ग्रहण गरेका छन् । प्राध्यापक परासर कोइरालाको चारवर्षे कार्यकाल पूरा भएपछि उक्त स्थान रिक्त थियो । सुवेदी भूगोल तथा जनसंख्याविद् हुन् । त्रिभुवन विश्वविद्यालयमा करिब चार दशक प्राध्यापन गरेका सुवेदीले हालै मात्र अवकाश पाएका थिए ।


त्रिवि भूगोल केन्द्रीय विभाग प्रमुख रहिसकेका सुवेदी काठमाडौं विश्वविद्यालयको विद्यापरिषद् सदस्य, पोखरा विश्वविद्यालयको अनुसन्धान समितिका सदस्य तथा खुला विश्वविद्यालयको प्राज्ञिक परिषदका सदस्य थिए । आयोग मुलुकमा स्थापित ११ विश्वविद्यालयको नियमन निकाय हो ।

प्रकाशित : मंसिर ३, २०७५ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?