२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

नेतृत्वका कारण कांग्रेस पराजित : प्रकाशमान सिंह 

प्यूठान — कांग्रेसका पूर्व महामन्त्री एवं प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले नेतृत्वका कारण पार्टीले पराजय व्यहोर्नु परेको बताएका छन् ।

नेतृत्वका कारण कांग्रेस पराजित : प्रकाशमान सिंह 

सभापति शेरबहादुर देउवातर्फ लक्षित गर्दै उनले पार्टी नेतृत्व गर्न नसकेको र सरकारको नेतृत्व गर्दा पनि विवादित काममात्र गरेकाले पार्टीले हार व्यहोर्नु परेको उनको भनाइ थियो ।


प्रधानन्यायाधीश काण्ड, आइजीपी प्रकरण लगायतमा देउवा सरकाले गल्ती गर्दा कांग्रेसले चुनावमा हार्नु परेको सिंहले बताए । प्रेस यूनियन प्यूठान शाखाले मंगलबार बिहान प्यूठान नगरपालिकाको बाग्दुलामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘त्यसैले हामी नेतृत्व बदल्ने दौडमा छौ ।’


कांग्रेसलाई वर्तमान अवस्थामा आइपरेका चुनौतीहरुलाई चिर्नसक्ने नेतृत्व चयन गरिने उनले बताए । कांग्रेसको विरासत कायम राख्ने गरि आफूहरु अगाडि बढिरहेको उनले बताए । आउँदो महाधिवेशनबाट नेतृत्व परिवर्तन गरिने उनको दाबी थियो ।


दुईतिहाई मत लिएर पनि काम गर्न नसकेको भन्दै उनले वर्तमान सरकारको आलोचना गरे । ‘नेपाली कांग्रेसकै पालामा नेपालमा लोकतान्त्रिक परिवर्तन भएको हो,’ उनले भने, ‘अब कांग्रेसले नै नेतृत्व गरेको सरकारले मात्र आर्थिक परिवर्तन गर्नसक्छ ।’


सरकारले आर्थिक वर्षको पाँच महिना बितिसक्दासम्म ८ प्रतिशत मात्र विकास बजेट खर्च गरेको बताउँदै सरकारले कस्तो काम गरेको छ भन्ने घाम जस्तै छर्लंङ्ग देखिएको बताए । सरकारले विधिको शासन कायम राख्न नसकेकाले देशमा हत्या, हिंसा बढेको उनको भनाई थियो ।

प्रकाशित : मंसिर ४, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?