१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पप्पुलाई नयाँ ठेक्का हाल्न रोक 

विमल खतिवडा

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्का हाल्न रोक लगाएको छ । 

पप्पुलाई नयाँ ठेक्का हाल्न रोक 

मंगलवार सूचना प्रकाशित गर्दै कार्यालयले उक्त कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी भई विकासमा बाधा अवरोध सिर्जना हुने र त्यसबाट सर्वसाधरणको जीवनस्तरमा समेत नराम्रो असर पर्ने उल्लेख गरेको छ ।


जारी सूचनामा कार्यालयको कार्तिक ३० गते भएको निर्णय अनुसार कोस्टाल–पप्पु जेभी तीनकुनेलाई सार्वजनिक खरिद नियमावली, ०६४ को नियम १ सय ४१ को उप नियम (२) बमोजिम उक्त निर्माण ब्यवसायीको कालोसुची सम्बन्धी कारबाही प्रक्रिया कार्यालयबाट टुंगा नलागेसम्म नयाँ ठेक्कामा रोक लगाइएको उल्लेख गरिएको छ ।


सिक्टा सिंचाई आयोजना, बाँकेले उक्त निर्माण कम्पनीलाई कार्तिक २६ गते कालोसूचिमा राख्नु पर्ने माग गर्दै पत्र पठाएको थियो ।


उक्त आयोजनाले कोस्टाल पप्पु जेभीले २० जुन २०१६ मा ९८ करोड ८१ लाखमा २३ किलोमिटर डुडुवा शाखा नहर बनाउने ठेक्का पाएको थियो । सम्झौता सकिदा बल्ल ७ प्रतिशत मात्र काम गरेपछि गत कार्तिक २९ गते ठेक्का तोडिएको आयोजनाले जनाएको छ ।

प्रकाशित : मंसिर ४, २०७५ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?