१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

विकासले गति लिन नसकेकोमा प्रधानमन्त्री असन्तुष्ट

काठमाडौँ — प्रधानमन्त्री ओलीले आफ्नो सरकार गठन भइसकेपछि पनि विकासले गति लिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

विकासले गति लिन नसकेकोमा प्रधानमन्त्री असन्तुष्ट

मन्त्रालयका सचिव र केही मन्त्रीहरुसहित नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्मक बैठकमा उनले सरकार बनेको ९ महिनामा सोचे जस्तो विकास हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । उनले विकास निर्माण अघि नबढ्नुमा नीतिगत समस्या पनि कारक रहेको बताएका थिए ।


प्रधानमन्त्रीको सचिवालयले पठाएको प्रेस नोट अनुसार उनले विकासमा वाधक नीतिहरु सच्याउनका लागि प्रतिष्ठानले काम गर्ने बताए । साथै सरकारले प्रतिष्ठानालाई हरतरहको सहयोग गरिनेसमेत प्रष्ट पारे ।


'प्रतिष्ठानले स्वतन्त्र ढंगले अनुन्धान गरेर ल्याएको प्रतिवेदनमा हस्तक्षेप गर्ने ठाउँ कहाँ हुन्छ र?' उनले भने, 'आवश्यक ठाउँमा राय सुझावसहित सरकारले त्यसलाई ग्रहण गर्छ ।'


प्रतिष्ठानलाई सम्पूर्ण मन्त्रालय, राष्ट्रिय योजना आयोग, विश्वविद्यालयहरुसँग समन्वय गरेर समग्र राष्ट्रिय नीति निर्माण गर्न प्रधानमन्त्री ओलीले आग्रह पनि गरे ।


'सरकारले कम खर्च बढी प्रतिफल दिने नीति लिएको छ' प्रधानमन्त्री ओलीले थपे, 'हाम्रो ध्येय भनेको सुशासन र विकास हो । यसमा सघाउ पुग्ने गरी सबैको योगदान हुनुपर्दछ ।'


सरकारले प्राध्यापक चैतन्य मिश्र, मीना आचार्य, प्राध्यापक राजेन्द्रध्वज क्षेत्री, प्राध्यापक सुरेन्द्र लाभ र गणेशमान गुरुङ रहेको प्रतिष्ठान गठन गरेको छ ।


प्रकाशित : मंसिर ४, २०७५ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?