२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

विद्यालय स्तरमा भर्नादर बढ्यो

काठमाडौँ — विद्यालयस्तरमा बालबालिकाको भर्ना दर वृद्धि भएको छ । आर्थिक वर्ष ०७४/७५ मा प्राथमिक तहमा खुद भर्नादर ९७ दशमलव २, निमावि तहमा ८७ दशमलव ४, मावि तहमा  ६५ दशमलव ९ र उच्च मावि तहमा २२ प्रतिशत देखिएको छ ।

विद्यालय स्तरमा भर्नादर बढ्यो

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा केन्द्रीय बाल कल्याण समितिले मंगलबार सार्वजनिक गरेको नेपालमा बालबालिकाको स्थिती प्रतिवेदनमा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।


तथ्यांकअनुसार शैक्षिक सत्र २०७४ मा कक्षा १ देखि १२ सम्मको भर्ना संख्या ७३ लाख ९१ हजार ५ सय २४ मध्ये छात्रा ३७ लाख ६९ हजार १ सय २४ र छात्र ३६ लाख २२ हजार ४ सय जना रहेको देखिन्छ ।


प्रतिवेदन सार्वजनिक गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालबालिकाको हक, अधिकार स्थापितका लागि सरकार प्रतिबद्ध रहेको बताइन् । ‘बालअधिकारका पक्षमा थप ऐन, कानुन तथा नियमावली बनाउने तयारीमा छौं,’ उनले भनिन्, ‘सबै प्रक्रियामै छन् ।’


बालबालिकाका अधिकारका विषयमा संविधानको मौलिक अधिकारमै धेरै कुरा समेटिए पनि त्यो पर्याप्त नभएको बताइन् । कार्यक्रममा उनले भनिन्, ‘बालबालिकाको भविष्य समाजसँग जोडिएकाले सरकार उनीहरूको अधिकार रक्षाका लागि सदैव क्रियाशील रहेको बताइन् ।’


प्रतिवेदन सार्वजनिक कार्यक्रममा महिला बालबालिका मन्त्रालयका सह–सचिव वीरबहादुर राई, केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक केशव भट्टराईले देशभरका बालबालिकाको समग्र स्थितिबारे जानकारी गराएका थिए । प्रतिवेदनमा बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, मुख्य उपलब्धि र चुनौती समेटिएका छन् ।

प्रकाशित : मंसिर ४, २०७५ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?