राजपा अध्यक्ष मण्डलको नेतृत्व चक्रीय प्रणालीमा, संयोजकमा महतो

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलको नेतृत्व चक्रीय प्रणालीमा सञ्चालन गर्ने भएको छ । राजपा अध्यक्ष मण्डलको मंगलबार काठमाडौंमा बसेको बैठकले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रीय प्रणालीमा सञ्चालन गर्ने बहुमतबाट निर्णय गरेको हो ।

राजपा अध्यक्ष मण्डलको नेतृत्व चक्रीय प्रणालीमा, संयोजकमा महतो

निर्धारित समयमै पार्टी महाधिवेशनको सुनिश्चितता गर्न, पार्टीमा सामूहिक निर्णयको अभ्यासलाई निरन्तरता दिन, संगठन विकास र विस्तार गर्न, नेता कार्यकर्ताबीच अनुशासन कायम राख्न अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रीय प्रणालीमा सञ्चालन गर्ने निर्णय लिइएको राजपाका संयोजक महन्थ ठाकुरले विज्ञप्तिमार्फत जनाएका छन् ।


चक्रीय प्रणालीमा नेतृत्व चलाउने निर्णयसँगै संयोजक पदको दायित्व नेता राजेन्द्र महतोले पाएका छन् । अहिलेसम्म बुधबारबाट लागू हुने गरी महतोलाई संयोजक बनाइएको हो । तत्कालीन ६ मधेसकेन्द्रित दलहरु मिलेर राजपा गठन भएको हो । राजपाको अध्यक्ष मण्डलमा छ सदस्य छन् ।


त्यस्तै बैठकले पार्टी एकीकरणको समयमा निर्वाचन आयोगमा बुझाइएका केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक मान्दै त्यसपछि पार्टी संगठनमा भएका सबै प्रकारको नियुक्ति/मनोनियनलाई रद्द गर्ने निर्णय गरेको छ । राजपाले साधारण तथा सक्रिय सदस्य वितरण अभियानको मितिसमेत मंसिर मसान्तसम्मको लागि बढाएको छ ।




प्रकाशित : मंसिर ४, २०७५ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?