२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

नक्कली आमाबाबु बनेर नागरिकता दिलाउने सहित ७ पक्राउ

सिफारिस गर्ने वडासदस्य पनि पक्राउ
प्रदीप मेन्याङ्बो

सुनसरी — नक्कली आमा, बाबु, दाजु र दिदी बहिनी बनेर वंशजको नागरिकता दिलाउने र नागरिकताको सिफारिस गर्ने वडासदस्यलाई सुनसरी जिल्ला प्रशासन कार्यालयले पक्राउ गरेको छ ।

नक्कली आमाबाबु बनेर नागरिकता दिलाउने सहित ७ पक्राउ

गैरनेपाली नागरिक भएर वंशजको नागरिकता लिने गणेश हरिजन र उनलाई नागरिकता दिलाउन नक्कली बाबु बन्ने मुर्ती हरिजन, आमा बन्ने सितादेवी हरिजन, आफन्त बनेका श्यामु मोची, दाइ बन्ने बासुदेव हरिजन, दिदि बन्ने सिता चमार र जितनी देवी मोचीलाई पक्राउ गरिएको छ । उनीहरू सातै जनालाई जिल्ला प्रहरी कार्यालयको सोमबार हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।


उनले भने, ‘नक्कली आमा, दाजु दिदि बनेर वडा कार्यालय मार्फत नागरिकताको सिफारिस लिएको आधारमा वंशजको नागरिकता गणेश हरिजनले लिएको उजुरी परेपछि अनुसन्धान गरियो । थप अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पठाको छु ।’ नागरिकताको सिफारिस दिने कार्यवाहक वडाध्यक्ष बुधनारायण चौधरी पनि अनुसन्धानको घेरामा छन् ।


गणेशले गत कार्तिक ७ गते इटहरी ८ को वडा कार्यालयबाट सिफारिस लिएर जिल्ला प्रशासनबाट वंशजको नागकिता लिएको देखिएको छ । वडाध्यक्ष रोहित चौधरीका अनुसार नागरिकता लिने गणेशले नक्कली मान्छे तयार गरी नागरिकता लिएका थिए ।


उनले भने, ‘त्यसबेला मैले वडासदस्य बुधनारायण चौधरीलाई कार्यवाहक वडाध्यक्ष दिएर एकसाता बिदामा बसेको थिए । एकसाता पछि आउँदा नक्कली मान्छे तयार गरी नागरिकताको सिफारिस दिएको चर्चा चल्यो । मैले पनि आफै खोजी निति गर्दा कार्यवाहक वडाध्यक्षले नक्कली मान्छेको रोहवरमा सिफरिस दिएछन् ।’


उनका अनुसार गणेशको ठेगाना इटहरी ८ नभएर सुनसरीको छिटाहा चिमडी भएपनि नेपाली नागरिकता नभएको पाइएको छ । तर उनी लामो समयदेखि सुनसरीमै बसेको र स्थानीय नेपाली महिलासँग विवाह गरेको र विवाह दर्ता समेत गरेको पाइएको छ । तर वंशजको नागरिकताको लागि निवेदन दिने सबै नक्कली भएकाले उनीहरूलाई पक्राउ गरेको वडाध्यक्ष चौधरीले बताए ।


गणेशलाई नागरिकता दिलाउन बासुदेवले वडाले दिएको सिफारिस लिएर सर्जमिनका लागि इलाका प्रहरी कार्यालय इटहरीमा पुगेका थिए । प्रहरीले बासुदेवको निवेदन सरजमिनलाई आधार मानेर वडालाई पुनः सिफारिस दिएको थियो ।


वडाले गणेशलाई नागरिकता दिनका लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस दिएको थियो । सोही सिफारिसका आधारमा जिल्ला प्रसासनले गणेशलाई वंशजको नागरिकता दिएको थियो ।

प्रकाशित : मंसिर ४, २०७५ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?