१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

नवलपरासीको सुनवलमा बस दुर्घटनाः २ को मृत्यु, ३० घाइते

नवीन पौडेल

परासी — पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवल ११ बडेरामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

नवलपरासीको सुनवलमा बस दुर्घटनाः २ को मृत्यु, ३० घाइते

धनगढीबाट काकडभिट्टा जाँदै गरेको ना ५ ख १०९६ नम्बरको रात्री बस बुधबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३० जना यात्रु घाइते भएका छन् ।


दुर्घटनामा परी कञ्चनपुर घर भएका ३३ वर्षीय नेपाली सेनाका जवान लोकेन्द्रबहादुर कार्कीको मृत्यु भएको छ भने अर्का मृतक अन्दाजी ३५/४० का पुरुषको नाम खुल्न सकेको छैन ।


घाइते भएकाहरुको बुटवलस्थित जेनस अस्पताल र लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सडक किनारबाट करिव २० मिटर तल खसेको बस के कति कारणले दुर्घटना भएको हो भन्ने एकिन नभइसकेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

प्रकाशित : मंसिर ५, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?