कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपाले पार्टी पुनःस्थापना दिवस मनाउने

रासस

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मङ्सिर ८ गतेदेखि साताव्यापी रुपमा नेकपा पुनःस्थापना दिवस मनाउने भएको छ । 

नेकपाले पार्टी पुनःस्थापना दिवस मनाउने

बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य एवं जनसभा प्रचारप्रसार उपसमितिका संयोजक चिरन पुनले देशव्यापी प्रचारप्रसार र तयारीका कार्यक्रम अन्तिमचरणमा पुगेको बताउँदै उक्त दिन देशव्यापी पार्टी पुनःगठन दिवस विभिन्न कार्यक्रम गरी मनाइने जानकारी दिए । उनका अनुसार दिवसका लागि सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔँ, वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौँ भन्ने मूल नारा तय गरिएको छ ।


उनले मङ्सिर ८ गते काठमाडौँको गङ्गबु, कालीमाटी तथा बबरमहलबाट जुलुस निकाली सहर परिक्रमा गरी रत्नपार्कको शान्तिवाटिकामा पुगेर जनसभा गर्ने बताए । कार्यक्रममा पत्रकारले राखेको जिज्ञासामा कम्युनिष्ट पार्टीबीच तीव्ररुपमा ध्रुवीकरण भइरहेको र विचार मिल्ने सच्चा कम्युनिष्ट शक्तिसँग एकता हुनसक्ने संयोजक पुनले बताए ।

प्रकाशित : मंसिर ५, २०७५ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?