कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

त्रिशूली ३ बी छिट्टै शिलान्यास : उर्जामन्त्री पुन

चिलिमे-त्रिशूली ट्रान्समिसन लाइन शिलान्यास
कृष्ण थापा

काठमाडौँ — उर्जामन्त्री वर्षमान पुनले ३७ मेगावाट क्षमताको त्रिशूली ३ बी छिट्टै शिलान्यास हुने बताएका छन् । किस्पाङ गाउँपालिका ५ शान्तिबजारस्थित पैरेबेंसीमा चिलिमे-त्रिशूली ट्रान्समिसन लाइन शिलान्यासपछि मन्त्री पुनले त्रिशूली ३ बी पनि शिल्यान्यास हुने जानकारी दिएका हुन् ।

त्रिशूली ३ बी छिट्टै शिलान्यास : उर्जामन्त्री पुन

जनताको सहभागिता र सरकारको नेतृत्वमा देशभरका १९ वटा आयोजनाहरुबाट ३ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गरिने लक्ष्य रहेको उर्जामन्त्री पुनले बताए । ‘आम समुदायलाई विकास पुग्ने गरी सामाजिक न्यायसहितको समृद्धि सरकारको लक्ष्य, उद्देश्य र नीति रहेको छ', उनले भने, ‘सबैको साझेदारी र सहयोगको अपेक्षा गरेका छौ ।’


देश विकासका लागि सहभागी हुन सबैलाई आग्रह गर्दै उर्जामन्त्री पुनले भने, ‘विकास सबैको हो । कुनै पार्टीविशेषको होइन ।’


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना संचालनबाट दिगो विकास लक्ष्यलाई उत्पादित बिजुलीले थप टेवा पुग्ने विश्वास व्यक्त गरे । युरोपियन इन्भेष्टमेन्ट बैंकका दक्षिण एसिया उर्जा क्षेत्रका उपाध्यक्ष एनड्रियु म्याक्वेले सरकारसँग मिलेर उर्जाको क्षेत्रविकासले स्थानीय समुदायले लाभ पाउने बताए ।


त्यसैगरी कार्यक्रममा जलविद्युतको दिगो विकासमा सहयोग रहने जर्मन राजदूत रोल्याण्ड क्याफरले बताए ।

चिलिमे-त्रिशूली ट्रान्समिसन लाइन शिलान्यास


नेपाल विद्युत प्राधिकरणको त्रिशूली ३ बी हव सव–स्टेसन आयोजनाअन्तर्गत २२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइन बुधबार सुरुआत गरिएको छ ।


किस्पाङ गाउँपालिका ५ शान्तिबजारस्थित पैरेबेंसीमा उर्जामन्त्री वर्षमान पुनले एक कार्यक्रमबीच चिलिमे-त्रिशूली ट्रान्समिसन लाइन शिलान्यास गरेका हुन् । आयोजनामा विद्युत प्राधिकरणको १९ मिलियन, युरोपियन ईन्भेष्टमेन्ट बैकको ३० मिलियन, जर्मन विकास सहयोग केएफडव्लुको १४ मिलियन युरोपियन युनियन २ दशमलव २५ मिलियन युरो रहेको छ । त्रिशूली ३ बी हव सब–स्टेसन आयोजनाको अन्तर्गत २२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइन अन्तर्गत चिलिमे हव स्टेसन थाम्बुचेत, २२० केभी डब्बल सर्किटको २७ किमी ट्रान्समिसन लाइन छ । उक्त २७ किमिमध्ये ८ किमि ४ सर्किटको रहेको आयोजना प्रमुख थर्कबहादुर थापाले बताए ।


नुवाकोट र रसुवामा उत्पादित ६ सय मेगावाट बिजुली ४५ किमि टाढा रहेको काठमाडौं मातातीर्थ हुँदै केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । यही प्रसारण लाइनमार्फत नुवाकोट र रसुवाका निर्माणाधिन रसुवागढी, माथिल्लो सान्जेन, तल्लो सान्जेन, माथिल्लो त्रिशूली–१, त्रिशूली ३ बी, मध्यत्रिशूली गंगा, गल्छी–त्रिशूलीबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिने छन् ।


आयोजनाले सन् २०१७ डिसेम्बर २० मा सम्झौताको प्रभावकारिता थालेको र २०१९ जुन १३ मा हव निर्माण सम्पन्न गर्ने लक्ष्य छ । त्यसका लागि १ सय ५ रोपनी जग्गा अधिग्रहण गरी लिएको आयोजना प्रमुख थापाले बताए ।

प्रकाशित : मंसिर ५, २०७५ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?