कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राष्ट्रपतिकाे गाडीबारे सरकारकाे प्रस्टीकरण : १८ करोड एउटैको मूल्य हाेइन

काठमाडौँ — राष्ट्रपति, उपराष्ट्रपतिजस्ता सम्मानित संस्थालाई गाडी तथा कार्यालय व्यवस्थापनको विषयलाई लिएर  
अपमानित गर्न खोजिएको भन्दै त्यसको खण्डन गरेको छ । 

राष्ट्रपतिकाे गाडीबारे सरकारकाे प्रस्टीकरण : १८ करोड एउटैको मूल्य हाेइन

राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडको सवारी किन्न लागिएको भन्दै सामाजिक सञ्जाल र मिडियामा समेत व्यापक विरोध भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उक्त विषयको खण्डन गरेका हुन् ।


सञ्चार तथा सूचनाप्रविधि मन्त्रीसमेत रहेका बाँस्कोटाले राष्ट्रपतिमाथिको आरोप निराधार भएको बताए । 'राष्ट्रपतिमाथि लगाइएका सम्पूर्ण आरोप निराधार, कपोलकल्पित र खण्डनयोग्य छ । त्यसमा कुनै सत्यता छैन,' प्रवक्ता बाँस्कोटाले भने, '१८ करोड एउटै गाडीको मूल्य नभई एउटा बुलेट प्रुफ गाडीसँगै अगुवा पछुवा, एम्बुलेन्स र वैकल्पिक व्यवस्थाका लागि हो ।'


राष्ट्रपतिको सवारी खरिदको विषय कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला नै उठेको भन्दै बाँस्कोटाले सरकारको निर्णय बचाउसमेत गरे । उनले यो विषय संसद्‌मा पनि प्रवेश पाइसकेको प्रष्टीकरण दिए ।

गणतन्त्रको जीवित संकेत नै राष्ट्रपति, उपराष्ट्रपति रहेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुले नकारात्मक प्रचार गरी स्थापित हुने क्रममा रहेका संस्थाहरुमा समस्या पार्न खोजिएको आरएप लगाए । उनको तर्क थियो, 'भर्खरै स्थापित हुन लागेका संस्थाहरुलाई बद्नाम गराउने र प्रकारान्तले लोकतन्त्रको मर्म महत्व र अस्तित्वलाई कमजोर बनाउने उद्देश्यले नागरिक र केही बौद्धिक समुदायबाट यस्ता नकारात्मक टिप्पणी गरिएका हुन् ।'


राष्ट्रपति, उपराष्ट्रपतिको व्यवस्था भएपछि गाडी खरिद नगरिएकोले ती संस्थाहरुको कामलाई प्रभावकारी गराउन सरकारले व्यवस्था गर्न लागिएको उनले बताए ।


राष्ट्रपति र उपराष्ट्रपतिबाट यस्तो चाहियो, त्यस्तो चाहियो भनेर कहिल्यै माग नभएको दाबी गर्दै मन्त्री बाँस्कोटाले यो सरकारको दायित्व भएको उल्लेख गरे । राष्ट्रिय–अन्तराष्ट्रिय कार्यक्रम हुँदा नेपालमा विदेशी राष्ट्रप्रमुख वा प्रधानमन्त्री आउँदा गाडी वा सवारी बोकेर ल्याउनुपर्ने स्थितिले राज्य लज्जित हुने अवस्था रहेको समेत उनले बताए ।

प्रकाशित : मंसिर ६, २०७५ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?