कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सानोठिमी क्याम्पसले गरेको भाडा सम्झौता रद्द

मकर श्रेष्ठ

काठमाडौँ — शिक्षा मन्त्रालयले आफ्नो जग्गाको संरक्षण गर्दै सानोठिमी क्याम्पसले दिएको ठेक्का रद्द गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै क्याम्पसले भाडामा लगाएको जग्गाको सम्झौता रद्द गर्ने निर्णय गरेका हुन् । 

सानोठिमी क्याम्पसले गरेको भाडा सम्झौता रद्द

क्याम्पसले पेप्सीकोला ठिमी जाने मुल सडकसँग जोडिएको १३ रोपनी जग्गा प्राणनाथ क्याफेलाई क्याटरिङ र रेस्टुरेन्ट सञ्चालन भाडामा दिएको थियो । शिक्षा मन्त्रालयबाट शैक्षिक गतिविधि गर्न क्याम्पसले भोगचलन गरेको जग्गा प्रतिरोपनी मासिक ५ सय ९७ रुपैयाँमा भाडामा लगाएको थियो । चौतर्फी विरोध भएपछि शिक्षामन्त्री पोखरेलले सम्झौता रद्द गर्ने निर्णय गरेका हुन् ।


क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले नेकपाका नेताहरुको लगानी रहेको क्याफेलाई देखावटी टेण्डर प्रक्रिया पूरा गरेर भाडामा लगाएका थिए । १४ लाख खर्चेर बनाएको तीनकोठे शिक्षक आवाससमेत ठेक्का पाउने क्याफेले नै प्रयोग गर्ने गरी क्याम्पस प्रमुख घिमिरेले सम्झौतामा हस्ताक्षर गरेका थिए ।


निर्णय यस्तो थियो :

श्री ५ को सरकार शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालय भण्डार तथा सम्पत्ति व्यवस्थापन शाखाको संकेत नं. सं. ९४/०५२ च.न. ३८६ मिति २०५२।३।२३ को निर्णयानुसार क्याम्पसलाई उक्त चर्वि आएको जग्गाको स्वामित्व श्री ५ को सरकारमा नैं रहनेगरी बेचबिखन, हकहस्तान्तरण, दानदातव्य केही गर्न नपाउनेगरी भोगचलनसम्म गर्न दिने निर्णय भएकोले निर्णयानुसार गर्नु गराउनु हुन अनुरोध गरिन्छ ।

विस्तृतमा पढ्नुहोस्

कौडीको भाउमा भाडा

यो पनि पढ्नुहोस्

जग्गा भाडामा दिन क्याम्पस प्रमुखकै जोड

प्रकाशित : मंसिर ९, २०७५ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?